राप्रपालाई राष्ट्रिय पार्टी बनाउँछाैँ : कमल थापा

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुने र संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गरेका हुन् ।
उनले संघीय चुनावपछि राप्रपाले कांग्रेस एमालेलाई चुनौती दिने गरि अघि बढ्ने बताए । अहिले सामाजिक सञ्जालमा आफुलाई गालीगर्नेहरूको भीड लागेको भन्दै आगामी दिनमा उनीहरू राप्रपा नेपालमा नै आउने उनले बताए ।
उनले राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, सुशासन र समृद्धिको मुख्य एजेडा लिएर चुनावमा जाने जानकारी दिए । उनले दलहरू एमसीसीका नाममा राष्ट्रियतालाई कमजारे बनाएकाले राप्रपा नेपालले राष्ट्रियताको पक्षमा आवाज उठाउने उल्लेख गरे ।
कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष थापाले राप्रपा नेपाल प्रवेश गराएका थिए ।








