दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न

काठमाडौँ । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो ।

कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ गीतकार तथा निर्देशक दयाराम दाहाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान प्रदान गरिएको थियो । त्यस्तै लोकप्रिय पत्रकार प्रकाश सुवेदीलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा संघीय सभासद् माननीय सुजाता परियार, वरिष्ठ निर्देशक, लेखक एवं गीतकार नीर शाह,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडा, पूर्व सेनापति राजेन्द्र क्षेत्री, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र नृत्य कलाकार संघका कार्यवाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र संघका महासचिव गोपालकाजी कायस्थ, चलचित्र सेन्सर बोर्डका सदस्य राजेश महर्जन, वरिष्ठ सौन्दर्यविद् रुस्का श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, लोकप्रिय निर्देशक प्रकाश भट्ट लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक कमिटिका अध्यक्ष सूर्य चन्दले उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत गर्दै अवार्डका हिसाबले फरक तर ललितकलाका ५ वटै विधालाई समेटेर आयोजना गरिएको पहिलो अवार्ड भएको बताएका थिए ।

‘हामीले नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका सबै सिर्जनशील हातहरूलाई सम्मान गर्न खोजेका हौं, अवार्ड प्रदान गर्दै सिर्जनाका लागि प्रोत्साहन गर्न खोजेका हौं । मुलुकभित्र धेरै अवार्डहरू हुन्छन् होला तर कसले कसरी सम्मान तथा प्रोत्साहन ग¥यो भन्ने कुरा सधैं फरक हुन्छ’, उनले भने ।

अवार्डको आयोजक कमिटिका सल्लाहकारहरू वरिष्ठ लेखक, निर्देशक तथा कलाकार मोहन निरौला, वरिष्ठ सञ्चारकर्मी, निर्देशक तथा अभिनेता दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ रङ्गपत्रकार विदुर गिरी,  वरिष्ठ सौन्दर्यविद् सोनी कारञ्जित, निर्देशक समुन्द्र भट्ट, रहेका थिए ।

आयोजक कमिटिमा भने  अध्यक्ष सूर्य चन्द, कार्यक्रम निर्देशक सुमन पण्डित, कार्यक्रम संयोजक सबिता पोखरेल, सदस्य सचिव सन्दिप महत, सदस्य वर्षा खनाल, सदस्य कविराज ढकाल, सदस्य एलिना खनाल, फोटोग्राफर बद्री थापा, भिडियोग्राफर सुरेश पन्त रहेका थिए । कार्यक्रम चर्चित कोरियोग्राफर तथा प्रस्तोता रोजिन शाक्यले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =