हामी एक्लै चुनाव लड्न तयार छौँ : पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् ।

बागलुङ काठमाडौँ सम्पर्क समन्वय समिति काठमाडौँ आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘हामी अरूभन्दा धेरै लचिलो छौँ,’ मन्त्री पौडेलले भने, ‘हामी आफ्नै बुताले चुनाव लडेर जित्छौँ । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।’

कांग्रेसका कार्यकर्ताले माओवादीको कारण परिवर्तन भएको भन्ने बहस भएको भन्दै सहिद परिवारले उनीहरूको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमा लाग्न आग्रह गरे । माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए ।

विचार, राजनीति, र दृष्टिकोण फरक भएपनि जिल्लाको विकासका लागि नेताहरू एकमत रहेको भन्दै बागलुङको विकासका लागि जीवन रहनुन्जेल व्यत्तित गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =