‘आगामी निर्वाचन एमालेले ठूलो पराजय ब्यहोर्नुपर्छ’

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचन एमालेले ठूलो पराजय ब्यहोर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोस्राे वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दावी गरेको एमालेले ठूलो पराजय ब्यहाेर्नुपर्ने बताएका हुन् ।

उनले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राखे ।

त्यस्तै, उनले आफूलाई एकीकृत समाजवादीले निकै ठूलो जिम्मेवारी दिएको भन्दै आफू मन्त्री पदमा रहुन्जेल कसैको शिर निहुरन नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =