निर्वाचनमा गठबन्धन दल मिलेर अघि बढ्छाैँ : नेता खनाल
२०७८ चैत ५ गते

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आगामी चुनावमा गठबन्धन दल मिलेर अघि बढ्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा खनालले खास खास स्थानमा गठबन्धन दल मिलेर अघि बढ्ने बताएका छन् । उनले मुलुकलाई निकास दिनका लागि गठबन्धनका आवश्यकता र औचित्य पुष्टि भइसकेको धारणा राखे ।
उनले निर्वाचनमा पार्टीको घोषणापत्रका साथ तयारीमा जुट्न निर्देशन दिए । त्यस्तै खनालले एमालेले पटक-पटक संविधान उलंघन गर्ने काम गरेको भन्दै आगमी निर्वाचनमा शून्य मत दिएर दण्डित गर्नुपर्ने बताए ।
उनले राष्ट्रियताको संघर्षलाई उचाईमा पुर्याउनुपर्नेमा जोड दिए ।
२०७८ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








