‘वानीरा पुरस्कार’ रिजाल र शेरचनलाई

काठमाडौँ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको सम्बर्द्धनमा अति विशिष्ट योगदान दिने सुप्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपैयाँ रहेको छ ।

यस्तै, नेपाली भाषामार्फत साहित्य साधनामा निरन्तर समर्पित रहँदै मुख्यतः नेपाली कविताको विकासमा विशिष्ट योगदान गर्ने मुक्तक सम्राज्ञी श्रीमती उषा शेरचनलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

डा. वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौँमा वानीरा फाउन्डेसन भवनको उद्घाटन हुने भएको छ । सोही अवसरमा वाङमय शताब्दी पुरुष डा।सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण हुनेछन् ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा फाउन्डेसनको अध्यक्ष साहित्यकार इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको कार्यक्रम संयोजक भगवती बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *