दौडेर राजा हुने लिगलिग कोटमा ‘साइकल रेस’

पोखरा । लिगलिग कोट ऐतिहासिक ठाउँ । लमजुङका राजकुमार दौडेर गोरखाको राजा भए । द्रब्य शाहले दौडेर गोरखाको राजगद्दी सम्हालेपछि गोरखामा शाह वंश स्थापित भयो ।

त्यसैको सम्झनामा लिगलिग कोटमा विभिन्न गतिविधि अहिले पनि चलिरहन्छ । बर्सेनि दौड प्रतियोगिता हुन्छ भने साइकल रेस पनि सुरु भएको छ । पालुङटारदेखि सिरानचोक, लमजुङको राईनासहुँदै लिगलिग कोटसम्म साइकल दौड गरिएको हो । ५३ किलोमिटर लामो दौडमा एपिएफका सुरज राना पहिलो भएका छन् । उनले २ घण्टा २५ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरेका हुन् ।

गोरखाका प्रकाश थापा २ घण्टा २५ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए भने धादिङका लक्ष्मण मल्ल २ घण्टा २५ मिनेट ५१ सेकेण्डमा उक्त दुरी पुरा गर्दै तेस्रो भए । थापा भारतीय सेनामा कार्यरत छन् भने मल्ल पनि एपिएफका हुन् । प्रतिस्पर्धामा ३७ जना सहभागी थिए ।

महिलातर्फ भने त्रिभुवन आर्मी क्लबकी उषा खनाल पहिलो भइन् । उनले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ५८ सेकेण्डमा दौड पूरा गरेकी हुन् । मन्जुकुमारी खड्काले ३ घण्टा ११ मिनेट १७ सेकेण्डमा दौड पूरा गरेर दोस्रो हुँदा इन्द्रकला नेम्वाङले ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनेकी हुन् । महिलातर्फको प्रतिस्पर्धामा ६ जना सहभागी थिए ।

विभिन्न विद्यामा विजेताहरूले ट्रफि, मेडल र प्रमाणपत्र सहित पहिलो हुनेले २५, दोस्रोले २० र तेस्रोले १५ हजार पुरस्कार पाएका छन् । लिगलिग भेलेज स्पोटर्सले कार्यक्रमको आयोजना गरेको हो । सबै विधामा ५२ जना सहभागी भएका अध्यक्ष सञ्जीव राना मगरले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *