युवा पुस्ता राजनीतिक चेतनाबाट अलग बस्न हुन्न : बिजुक्छे

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले युवा पुस्तालाई राजनीतिक चेतनाबाट अलग नबस्न आग्रह गरेका छन् । आज भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयको ६३औँ र बागीश्वरी कलेजको १४औँ वार्षिकोत्सव कार्यक्रममा उनले युवा पुस्ताले देशको राजनीतिबारे जानकारी लिनुपर्ने बताए ।

उनले भने, “देशको राजनीतिबारे अनभिज्ञ व्यक्तिले देश र जनताको हितमा काम गर्न सक्दैन, त्यसैले देशका युवाले राजनीतिबारे चासो राख्नुपर्छ, राजनीतिक चेतना हुनुपर्छ, देशको राजनीतिक अवस्था थाहा पाउनुपर्छ ।”

वार्षिकोत्सवमा अध्यक्ष बिजुक्छेले बागीश्वरी माविका तीन शिक्षक कृष्णप्रसाद कर्माचार्य, रेणुकामैंया प्रजापति र उकेश सुवाललाई दीर्घ सेवा पदकबाट सम्मान गरे भने कलेजको स्मारिका एवं जर्नल विमोचन गरे ।

भक्तपुर नपाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सामुदायिक र निजी विद्यालयबीच आपसी प्रतिस्पर्धा, गुणस्तरमा समानता ल्याउने प्रयत्न गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =