संवैधानिक निकायमा नियुक्तिमाथिको सुनुवाई आगामी बुधबार हुने
२०७८ चैत ४ गते

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा नियुक्त भएका संवैधानिक नियकाका पदाधिकारीको नियुक्तिबारे परेका रिटहरूमाथि आगामी बुधबार सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा शुक्रबार सुनुवाई शुरू भएपनि नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।
बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेका थिए । गत भदौमा न्यायाधीश हरि फुयाँलले जारी गरेको अन्तरिम आदेशका कारण यी रिटको सुनुवाइमा अवरोध भएको भन्दै अर्यालले त्यो अवरोध खुलाउन माग गरेका थिए ।
तत्कालीन प्रधान मन्त्री ओलीको पालामा सरकारले अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेको थियो । लगत्तै ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विना संसदीय सुनुवाई उनीहरूको नियुक्ति भएपछि नियुक्ति विवादमा परेको हो ।
२०७८ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








