कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्छ : प्रवक्ता महत
२०७८ चैत ३ गते

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाफ उजागर गर्नुपर्ने बताएका हुन् ।
महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केही व्यक्तिहरू लागेको भन्दै अब कांग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले एमसीसी मुलुकको हितमा नै रहेको तर केही दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाए । मुलुकको विकासका लािग एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उनकाे भनाई छ ।
उनले जनतामाफ सहित सुचना र एजेण्डा स्थापीत गर्न सके कांग्रेसको उत्कृष्ट जीत निश्चित हुने उल्लेख गरे ।
२०७८ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित









