एमालेसँगकाे तालमेल असम्भव छैन : प्रचण्ड

केही कांग्रेस नेताहरूले अतिवादी कुरा गरिरहेका छन्

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगकाे तालमेल असम्भव नरहेकाे बताएका छन् । प्रशिक्षणका लागि बिहीबार बुटवल पुगेका प्रचण्डले यस्ताे बताएका हुन् । ‘अहिले हामी गठबन्धनमै छाैँ,’ उने भनेका छन्, ‘तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन । उसँग गठबन्धन नै हुँदैन, तालमेल नै हुँदै भन्नेचाहिँ नहाेला ।’

वर्तमान गठबन्धनका बारेमा केही कांग्रेस नेताहरू ‘अतिवादी’ देखिने गरेकाे प्रचण्डकाे भनाइ थियाे । कांग्रेस महामन्त्री गगनकुमार थापालगायतका नेताहरूप्रति लक्षित गर्दै प्रचण्डले भनेका छन्, ‘कांग्रेसका केही नेताहरूले माओवादीसँग कुनै हालतमा गठबन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधान मन्त्री देउवाजीले अब उहाँहरूलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

उनले माओवादी एक्लै भएपनि चुनाव लड्ने मनस्थितिका साथ तयारीमा जुटिरहेकाे बताए । ‘आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो साथै निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखाैँ भनेका छाैँ,’ प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *