नाेबेल कलेजमा पठनपाठन छुटेका विद्यार्थीका लागि गरियाे वैकल्पिक व्यवस्था

काठमाडाैँ । नाेबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रालि विराटनगरमा भर्ना भई पठनपाठन छुटेका विद्यार्थीहरूका लागि वैकल्पिक व्यवस्था गरिने भएकाे छ ।
कलेजमा १५ औँ ब्याचमा भर्ना भई अध्ययन छुट भएका विद्यार्थी र नाेबेल कलेजबीच काठमाडाैँ भएकाे वार्ताबाट विद्यार्थीहरूकाे पठनपाठनका लागि व्यवस्था गर्ने सहमति भएकाे हाे ।
सहमतिअनुसार नोवेल मेडिकल कलेजमा १५ औँ व्याचमा भर्ना प्रकृया पूरा गरी एमबिबिएस शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन गर्न छुट भएका १० जना विद्यार्थीहरूको पहिलो सेमेष्टर छुट हुन गएको ४ महिना अध्ययनलाई रिकभर गर्ने गरी मिति २०७८।१२।०७ देखि लागु गरी डेढ महिना देखि २ महिनाको लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएकाे छ । त्यसै गरी उक्त विद्यार्थीहरूको लागि सोही अवधिमा प्रत्येक शनिवार छुट्टै प्राक्टिकल कक्षा सञ्चालन गर्नेछ । उल्लेखित दुवै कक्षामा नियमित भई अध्ययन अध्यापन गर्नु विद्यार्थीहरूको दायित्व हुनेछ ।
त्यस्तै, अध्ययन अध्यापन गराई पहिलो सेमेष्टरको कोर्स समाप्त भएपछि मात्र कलेजले उक्त सेमेष्टरको छुट्टै परीक्षाको व्यवस्था मिलाउने सहमति भएकाे छ ।
सहमतिः









