थप ८२ जना काेराेना संक्रमित

काठमाडाैँ । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ७ सय ९० पीसीआर परीक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परीक्षणका क्रममा ४१ जनामा नै कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै, थप २ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा ४ हजार ५ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *