माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल

रुपन्देही । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल सर्वसम्मत चयन भएका छन् ।
दाङको भालुवाङमा २५–२६ मंसिरमा सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २ सय १७ जनानिर्विरोध निर्वाचित गरेको थियो ।

त्यही समितिले अध्यक्ष चयन गर्नुपर्ने थियो तर ४ महिना पछि बल्ल लुम्बिनी प्रदेशको अध्यक्ष सर्वसम्मत गरेका छन् । अध्यक्ष भएका बराल पूर्व समाजिक विकास मन्त्री समेत रहेका थिए ।

माओवादी केन्द्रको बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजनापदाधिकारी हुनेछन् ।

त्यस्तै, उपाध्यक्षमा दुर्गा थारू, नुमाकन्त न्यौपाने वीर बहादुर खत्री सचिव कृष्ण अधिकारी सह-सचिव अकलबहादुर बम सहसचिव पार्वती विक सहसचिव काशीराम यादव कोषाध्यक्ष निर्दोष अली रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *