लुम्बिनीमा माओवादी केन्द्र : २५३ सदस्यीय समिति गठन

काठमाडाैँ । माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका पदाधिकारीको टुङ्गाे लागेको छ । यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा प्रदेश समितिकाे घोषणा हुन सकेको थिएन ।

बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश समितिकाे प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्रीसमेत रहेका गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।

प्रदेश समिति उपाध्यक्षहरूमा बर्दियाका दुर्गा थारु, दाङका नुमाकन्त न्यौपाने र रोल्पाका बीरबहादुर खत्री, सचिवमा प्युठानका कृष्ण अधिकारी चयन भएका छन् । सह-सचिवहरूमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिश्वकर्मा र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल लगायतले शपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *