युएईमा अवैध रूपमा कामदार ल्याए कारबाही गर्छाैं : श्रममन्त्री

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गररै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा क्रममा आवुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्दै मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गररै छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको भन्दै उनले गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि नजोगिने बताए । उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारवाहीको दायरामा ल्याउन लागिएको बताए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न आफूले युएई सरकारसँग पनि आग्रह गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =