एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठक

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) सहितको प्रतिनिधि टोलीले नेपाली खेल क्षेत्रको विकासका बारे दुबईमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेको छ ।

एन्टि डोपिङ सम्बन्धी १७औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन संयुक्त अरब इमिरेट्सको दुबई पुगेका मन्त्री अथकले संयुक्त अरब इमिरेट्सको खेलकुद प्राधिकरणका अध्यक्ष डा. अहमद बेलहौल अल फलासी, विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) का अध्यक्ष विटोल्ड बांका र एशिया ओलम्पिक काउन्सिल (ओसीए) का महानिर्देशक हुसेन ए.एच.जेड अल–मुसलामसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा मन्त्री अथकले नेपालले एन्टि डोपिंङका क्षेत्रमा गरेको कार्यहरूका बारेमा जानकारी गराएका थिए । साथै आगामी दिनमा एन्टि डोपिंगको क्षेत्रमा नेपालको क्षमता विकासमा सहयोग गर्न मन्त्री अथकले आग्रह गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए ।

नेपालको समग्र खेलकुद क्षेत्रको विकासका साथै अन्तर्राष्ट्रिय लगानी भित्र्याउने कुरामा समेत छलफल भएको थियो ।
यसअघि मन्त्रीस्तरीय बैठकको पहिलो दिन सोमबार नेपालको तर्फबाट मन्तव्य राख्दै मन्त्री अथकले एन्टि डोपिंङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =