पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष जिएम प्रेस सेन्टरमा प्रवेश

काठमाडाैँ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] समर्थित प्रेस सेन्टर नेपाल प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकाेटा ‘जुगल’ सँगै माओवादी केन्द्रीय सदस्य कृष्णबहादुर महराले स्वागत गरेका छन् ।

नेकपा [मसाल] समर्थित प्रगतिशील पत्रकार संघमा आबद्ध जिएमले मसालभित्र विवाद बढ्दै गएपछि गत पुस ७ गते पदबाट राजीनामा गरेका थिए । त्यसयता उनी कुनै पत्रकार सङ्गठनमा थिएनन् । महासंघकाे केन्द्रीय उपाध्यक्षमा थप सशक्त रूपमा भूमिका निभाउने प्रण गरेका उनले मंगलबार प्रेस सेन्टर नेपाल प्रवेश गरेका हुन् ।

♦ याे पनि:
   प्रगतिशील पत्रकार संघका अध्यक्ष जीएमले दिए राजीनामा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =