नागरिकको स्वास्थ्यको हकलाई स्थापित गरिनुपर्छ : गगन थापा
२०७८ चैत १ गते

फाइल
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा उल्लेख नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन गर्दै नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्ने पनि बताए । निर्वाचनमा उठ्दै गर्दा पूर्वाधार निर्माणमा प्रतिबद्धता जनाएसँगै जनताको स्वास्थ्यको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाउनुपर्ने उनको भनाई छ ।
त्यस्तै उनले सहुलियतमा स्वास्थ्य उपचारका लागि महानगरले पनि आवश्यक काम गर्नुपर्ने धारणा राखे ।
उनले जनताको स्वास्थ्य समस्याका आधारमा वडा वडामा स्वास्थ्य पूर्वाधार तयार हुनुपर्ने बताए ।
२०७८ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








