महाअभियोगमा संविधानसम्मत निर्णय हुने कानुनमन्त्रीकाे भनाइ

काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकालाई सुदृढ, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबैको सबै दल एकमत हुने दावी गरेका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बडुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुने र यसमा सवै दलको एकमत हुने बताएका छन् ।

उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए । त्यस्तै उनले महाअभियोग प्रस्तावलाई मतदान प्रक्रियामा नै नलैजाने भन्ने विषयमा आशंका नगर्न आग्रह गरे ।

त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाभियोगको प्रस्तावमाथि एमालेले भाग लिने र उचित निर्णय गर्ने बताए । आफूहरूले सदन अवरुद्ध गरिरहेको अवस्थामा महाभियोगमा विषयमा समितिमा हुने छलफलमा यसले कुनै असर नपर्ने उनको भनाई छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकमतले महाभियोगको प्रस्ताव पारित हुने र यसमा एमालेको पनि सहयोग हुने बताए ।

प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमागि सदनको अर्को बैठकमा छलफल हुने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =