जसपा केन्द्रीय समितिकाे बैठक काठमाडाैँमा शुरू

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौँमा शुरू भएको छ ।

बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकाका साथै विभिन्न प्रतिवेदन पेश भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पार्टीको निर्वाचन निर्देशिका, पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित प्रस्ताव र देशको राजनीतिक, समसामयिक परिस्थितिबारे छलफल केन्द्रीय रहेको बताए ।

आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितामा बैठकमा विस्तृत रूपमा छलफल हुने उनले जानकारी दिए ।

बैठक सोमबारसम्म चल्ने जसपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *