काठमाडौँको इकुबहालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२१ इकुबहालमा शुक्रबार निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । मेधा नेपालसँग सहकार्य गरेर काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा १११३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १६८ जनाको रक्त परीक्षण, ११८ जनाको भिडियो एक्स-रे र ८८ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाँतको समस्या भएका ३९ जनाको दाँत खोलिएको छ । शिविरमा उपचार सम्भव नभएका ३१ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । केएमसीले बिहीबार काठमाडौँको काँडाघारीमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो ।

डा. सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरूको निःशुल्क उपचार गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =