रुसले युक्रेनमा आइएस आतङ्ककारीले जस्तो गर्दैछ : राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसीहरूले आक्रमण जारी राख्दै आतंकवादी रणनीतिमा भर परेको आरोप लगाएका छन् ।
कीभमा मध्यरात पछि फेसबुकमा एक पोस्टमा, जेलेन्स्कीले रुसी आक्रमणकारीहरूको कार्यहरू आइएसआइ आतंककारीहरूको कार्यसँग बराबर रहेको टिप्पणी गरेका छन् ।
उनले रुसले मेलिटोपोलका मेयरलाई बन्धक बनाएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा मेलिटोपोलका मेयरलाई एक सशस्त्र बन्दुकधारीले कतै लैजाँदै गरेको देखिएको छ ।
राष्ट्रपति जेलेन्स्कीले सबै कुराको बाबजुद शुक्रबार ७ हजार भन्दा बढीको उद्धार गरिएको बताएका छन् । उनले एक पटक फेरि सबै युक्रेनीहरूलाई रूसीहरूको प्रतिरोध गर्न आह्वान गर्दै रुसी आमाहरूलाई पनि आफ्ना छोराहरूलाई फिर्ता बोलाउन अपिल गरेका छन् ।
उनले भनेका छन्- ‘आफ्ना छोराछोरीलाई विदेशमा युद्धमा नपठाउनुहोस् । तपाईँको छोरो कहाँ छ भनेर जाँच गर्नुहोस् । र यदि तपाईँको छोरोलाई युक्रेन विरुद्ध युद्धमा पठाउने अलिकति शंका छ भने, तुरुन्तै कारबाही गर्नुहोस् ।’
जेलेन्स्किले चीनमा पाराओलम्पिक शीतकालीन खेलहरूमा युक्रेन पदक गणनामा दोस्रो स्थानमा रहेको उल्लेख गर्दै भने- ‘शुभ समाचार र युक्रेनको जित… सुन वा चाँदी वा कांस्यमा उनीहरूको वजन मूल्यवान् छ ।’








