जसपाले तयार गर्‍याे उम्मेदवार छनौट निर्देशिका

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गर्न निर्देशिका बनाएको छ ।

शुक्रबार ललितपुरमा बसेको जसपाको बैठकले उक्त निर्देशिकालाइ पारित गरेको जसपाका बरिष्ठ नेता अशोक राईले जानकारी दिए । उक्त निर्देशिका फाल्गुन २९ र ३० गते बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिने उनले बताए ।

त्यस्तै बैठकले समसामायिक राजनीतिक परिस्थीति र कार्यदिशा सम्बन्धी प्रतिवेदन पारित गरेको र उक्त प्रतिवेदन शनिबार बस्ने संघीय परिषद्को बैठकमा पेश गरिने राईले बताए । उनले संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको अन्य एजेण्डाहरू पनि तयार गरेको जानकारी दिए ।

जसपाभित्र पार्टी समायोजन, कार्यविभाजन, कार्यकारिणी समिति विस्तार, पदाधिकारी चयन, कार्यकारिणी अध्यक्ष लगायतका विषयमा नेताहरूबीच विवाद छ । उक्त विषयहरू परिषद् र केन्द्रीय समितिको बैठकमा छलफल हुने जसपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *