सर्वोच्चमा गोरू ब्यायो, ५ वटा पाठा पायो : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् । पोखरामा प्रेस चौतारीको नवौँ महाधिवेसनलाई सम्बोधन गर्दै उनले गैर-संवैधानिक रूपमा आफ्नो सरकार ढालिएको बताए ।

कार्यक्रममा ओलीले पाँच दलीय गठबन्धनमाथि व्यङ्ग्य गर्दै भने, ‘५२ सालमा एकजनाले सर्वोच्चमा गोरू ब्यायो भन्थे । अहिले गोरु ब्याएन मात्रै ५ वटा पाठा पनि पायो ।’

देशको अर्थतन्त्र ध्वस्त भएको भन्दै उनले देशको राजनीति थप बिग्रिन नदिन चुनावबाट यो गठबन्धनलाई ठेगान लगाउनुपर्ने बताए । ‘सही गलत छुट्याउनुस् । सही कुरा बाहिर ल्याउनुस् । गलत कुराको खण्डन गर्नुस्’, उनले भने, ‘यो निर्वाचनबाट जालझेल र षड्यन्त्र तोड्नुपर्छ ।’ ओलीले गठबन्धनका कारण देशको अर्थतन्त्र चौपट भएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *