‘यी १७ तरिकाले हुनसक्छ ठगी, सतर्क रहनू’

काठमाडौँ । गृह मन्त्रालयले पछिल्लो समय विभिन्न ठगीका घटनाहरू बढेकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी मन्त्रालयले पछिल्लो यस्तो आग्रह गरेको हो ।

विभिन्न व्यक्ति तथा समूहले विभिन्न अवसर र लाभ उपलब्ध गराउने भनी गैरकानुनी रूपमा ठगी गर्ने गरेको पाइएकोले त्यस्ता खालका क्रियाकलाप गर्ने व्यक्ति वा समूहबाट सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले रोजगारी वा काममा लगाउने भनी दिइने प्रलोभन, नियुक्ति पदस्थापन र सरुवा वा बढुवा गराउने आश्वासन, जग्गा वा घडेरी उपलब्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोबार गर्न प्रोत्साहन गर्ने लगायतका क्रियाकलाप गर्ने समूह वा व्यक्तिबाट सतर्क रहन सबैलाई आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =