थप ११२ काेराेना संक्रमित, मृत्यु शून्य

काठमाडाैँ । नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ८ सय १ पिसिआर परिक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् ।

हाल ५ हजार ३ सय ४० सक्रिय संक्रमित आइसाेलेसन र १०६ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =