म्यादी प्रहरीमा भर्ना खुलेकाे हाे ?

काठमाडौँ । केही दिनअघिबाट सामाजिक सञ्जालमा स्थानीय तहकाे निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेकाे विज्ञापन भाइरल बनेकाे छ । १ लाख बढीकाे संख्यामा खुलेकाे भनिएकाे म्यादी प्रहरीकाे उक्त विज्ञापन भने ‘फेक’ रहेकाे खुलेकाे छ ।

प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै उक्त विज्ञापन फेक रहेकाे बताएकाे हाे । विज्ञप्तिमा प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको भर्ना खुली नसकेकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेको हाे ।

स्थानीय तह निर्वाचन २०७९ का लागि म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएकोमा प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको बताउँदै उक्त विज्ञापन फेक रहेकाे बताएकाे हाे ।

कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएकाे छ, ‘प्रहरी प्रधान कार्यालयबाट अहिलेसम्म त्यस्तो सूचना प्रकाशित तथा प्रशारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ । आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चारमाध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरासमेत जानकारी गराउँदछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *