टिकट खोज्न नेताको घर हाेइन, जनताको घर जानुस् : सभापति पुन

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश आगामी बैसाखमा हुने स्थानीय चुनाबलाई केन्द्रित गरी कार्यक्रम शुरू गरेको छ ।

प्रदेश कार्यसमितीको बैठकले गरेको निर्णय सार्वजनिक गर्नका गरीएको पत्रकार सम्मेलनमा सभापत्ति सिंहले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा पार्टीमा गरेको योगदान, जनाधारको मूल्याङ्कन, कार्य क्षमता, दक्षता सहितको समावेशीतालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागको मूल्याङ्कन, प्रतिस्पर्धी गरिने बताए ।

सभापति पुनले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन नगरी पनि निर्वाचन लड्न सक्षम रहेको बताउँदै अन्य पार्टीहरूसँग गठबन्धन गर्ने वा नगर्नेे स्थानीय तहको आवश्यकता र परिस्थित अनुसार पार्टीको केन्द्रिय नीति, निर्देशनका आधारमा मात्रै गठबन्धन हुने बताए ।

उनले आवश्यकता परेको अवस्थामा सत्ता गठबन्धन भन्दा बाहिरका दलसँग पनि आवश्यकता अनुसार गठबन्धन हुन सक्ने बताए । बैठकले चार वर्षे कार्ययोजना समितीले प्रस्तुत गरेको चार वर्षे कार्य योजनाको ड्राफ्ट फागुन ३० गते भित्र प्रदेश कार्यसमितिकोे कार्यालयमा प्राप्त हुने गरी जिल्ला सभापति र प्रदेश कार्यसमितीका सदस्यहरूलाई ईमेल गरी पठाउन निर्देशन दिएको छ ।

लुम्बिनी प्रदेशका सभापति पुनले स्थानीय तहको निर्वाचनको टिकट खोज्न नेताको घरमा भन्दा पनि जनताको घर–घरमा जना आग्रह गरेका छन् । पुनले भने ‘टिकट खोज्न नेताको घर घरमा होइन जनताको घर घरमा जानुहोस । पैसामा टिकट वितरण हुदैन् । जसले जनताको घर घरमा गएर स्थानीयको मन जित्छ उसैले टिकट पाउँछ ।’

स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई हार्ने छुट नभएको बताउँदै सभापति पुनले स्थानीय तहको निर्वाचन नजिते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जित्न ग्राहो हुने बताएका छन् । संविधान बचाउनका लागि भए पनि अहिले नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नैपर्ने आवश्यकता रहेको वताए ।सभापति पुनले नेपाली कांग्रेसले लम्बिनी प्रदेशमा बहुमत संख्यामा स्थानीय तह जित्ने समेत बताएका छन ।

लुम्बिनी प्रदेश कोषाध्यक्षमा राना प्रशिक्षण विभागको प्रमुखका श्रेष्ठलाई मनोनित
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश रानालाई मनोनित गरेको छ । कांग्रेसको विधानअनुसार कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था भए बमोजित रानालाई कोषाध्यक्षमा मनोनित गरिएको सभापति पुनले बताए । प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *