सुँगुरको मुटु प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु

काठमाडौँ। सुँगुरको मुटु प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु भएको छ। सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेभिड बेनेटको प्रत्यारोपणको दुई महिनापछि अमेरिको बाल्टिमोरमा निधन भएको हो । घातक खालको मुटुको रोग लागेका ५७ वर्षीय  बेनेटलाई आनबंशिक परिवर्तन गरी सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

यसअघि मुटु प्रत्यारोपण गर्नु अघि प्रत्यारोपण सफल हुने नहुने र भए पनि कति लामो समयसम्म काम गर्ने भन्ने कुनै ग्यारेन्टी थिएन । त्यसैकारण बेनेटले यसलाई ‘अँध्यारोमा हानिएको गोली’ भनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =