संखुवासभा बस दुर्घटना : घाइतेको उद्धारका लागि हेलिकोप्टर जाँदै 

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रु बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।

उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकोप्टरबाट यथाशीघ्र उद्धार गर्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

‘घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न मन्त्रीज्यूबाट निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर उद्धारका लागि संखुवासभाको चैनपुरमा हेलिकोप्टर पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने ।

दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् । घाइतेलाई घटनास्थलबाट चैनपुर पुर्‍याइँदैछ । चैनपुरबाट हेलिकोप्टरमा धरान पुर्‍याउने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ । गाडीमा यात्रु कति थिए भन्ने एकीन नभएकाले प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =