उखुबारी हत्याकाण्ड : ४ जना पूर्पक्षका लागि जेल चलान

विराटनगर । उखुबारी हत्याकाण्ड प्रकरणमा पक्राउ परेका चारजनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

मोरङ जिल्ला अदालतले तीन जना साझेदारको हत्या प्रकरणमा जोडिएका घटनाको मुख्य अभियुक्त सिरहा नगरपालिका घर भइ काठमाडौँमा बस्दै आएका ३१ वर्षीय अनिल कुमार मण्डलसहित चार जनालाई पुर्पक्षको लागि जेल चलान गरेको हो । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले चार जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

मुख्य आरोपी मण्डल सहित जहदा गाउँपालिका ४ का २९ वर्षीय अमित भन्ने दिनानाथ सोनार, धनपालथान गाउँपालिका ७ का ६३ वर्षीय नासिर मियाँ, रंगेली ३ का ३५ वर्षीय सोहान मिया भन्ने मोहमद सुभान मनसुरीलाई पुर्पक्षको लागि मोरङ कारागार चलान भएको सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए ।

घटनामा संलग्न एकजना बालक रहेको कारण उनलाई बाल सुधार गृहमा राख्न भनिएको छ

ललितपुरको क्यान्सर अस्पतालनजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन घटनाको मुख्य योजनाकार मण्डलले भाडाका गुण्डा प्रयोग गरी फरक फरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेको अभियोगमा उल्लेख गरीएको थियो ।

मण्डलको योजनामा तेह्रथमु संक्रान्ति २ घर भइ काठमाडाैँ बस्दै आएका ६३ वर्षीय मोहन लिम्बु, सुनसरीको धरान घर भइ भक्तपर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाडाैँं बस्दै आएका ३२ वर्षीय शम्भु कुमार चौधरीको हत्या भएको प्रहरीको दाबी छ ।

मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा गत माघ १२ र १३ गते दुईवटा शव भेटिएपछि घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *