प्रथम इक्युवालिटि कप महिला क्रिकेटको उपाधि झापाले जित्याे

विराटनगर । विराटनगरमा भएको प्रथम इक्युवालिटि कप महिला क्रिकेटको उपाधि झापाले जितेको छ । वैजनाथपुर क्रिकेट मैदानमा बुधबारसम्पन्न फाइनल खेलमा झापाले मोरङलाई १ सय २१ रनले पराजित गरि उपाधि जितेको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा आयोजना गरेको प्रतियागिगतामा झापाले उपाधि जितेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको झापाले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९५ रनको विहाल स्कोर बनाएको थियो । झापाका लागि नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना श्रेत्रीले ६५ रन बनाइन । उनले १४९ बलमा १ छक्का र ११ चौका प्रहार गरिन । त्यस्तै अप्सरी वेगम ४० रनमा अविजित हुँदा निमा तामाङ २२ रनमा अविजित रहिन् । मोरङकी कप्तान अन्सु जैसवालले २ विकेट लिँदा काजल राजवंशीले १ विकट लिइन् ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षति ७४ रनमा सिमित रह्यो । मोरङकी टिका साहले २७ रन बनाउँदा सानु राजवंशीले २४ रन बनाइन् । त्यस्तै नविता श्रेष्ठ ५ रनमा अविजित हुँदा कप्तान अन्सु जैसवाल १ रनमा अविजित भइन् । झापाकी एलीसा खडिया, निसा साह र लतिका राजवंशीले १–१ विकेट लिए । फाइनल खेलमा वुमन अफ फाइनल झापाकी कप्तान रुविना क्षेत्री घोषित भइन् ।

त्यस्तै वुमन अफ द सिरिज झापाकी अप्सरी वेगम, उत्कृष्ट ब्याटर झापाकी काजल श्रेष्ठ र उत्कृष्ट बलर मोरङकी अन्सु जैसवाल घोषित भइन् ।
उनीहरूलाई प्रदेश १ की सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फे, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह र आयोजको तर्फबाट अभियोक श्रेष्ठलगायतले ट्रफी प्रदान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *