थप २२४ जना काेराेना संक्रमित, मृत्यु शून्य

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९३६ पीसीआर र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हालसम्म कोरोनाबाट ११ हजार ९४९ जनाको मृत्यु भएको छ । बुधबार २५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =