‘प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउनेमा सरकार प्रतिबद्ध’

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार पत्रकार काठमाडौँमा नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री कार्कीले संविधानले परिकल्पना गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई मर्यादित गराउने पक्षमा सरकार रहेको भन्दै त्यसलाई अंकुश लगाउने कल्पना पनि सरकारले गर्न नसक्ने बताएका हुन् ।
सरकार दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अग्रणी देशको रुपमा प्रस्तुत हुन चाहेको उहाको भनाई छ । त्यस्तै उनले सरकारले अनलाइन टेलिभिजनसम्बन्धी गरेको व्यवस्था पवित्र उदेश्यले ल्याइएको दावी गर्दै यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय प्रसारण नियमावलीमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको उनले बताए । उनले व्यक्तिगत रूपमा सामााजिक सञ्जाल प्रयोग गर्नेलाई नियमावलीले नछुने स्पष्ट पारे ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नियमावलीको संशोधनका केही विषयमा महासंघले आफ्नो चासो र चिन्ता व्यक्त गरेकाले तत्काल आवश्यक सम्बोधनका लागि माग गरे । उनले नियमावलीका विषयमा देखिएका अन्यौतालाई सरकारले अन्त्य गर्नुपर्ने धारणा राखे ।
त्यस्तै महासंघले साना तथा स्वरोगजारमूलक सञ्चारमाध्यमलाई जोगाउनका लािग लोककल्याणकारी बिज्ञापनमा ५० प्रतिशत बृद्धि गर्न आग्रह गरेको छ भने पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रतिष्ठान तत्काल गठन गर्नका लागि पनि माग गरेको छ ।








