पार्टीभित्रकै अन्तरविरोधका कारण परिर्वतनको जस माओवादीले लिन पाएन : प्रचण्ड

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण मुलुकको परिर्वतनको जस माओवादीले लिन नसकेको बताएका छन् ।
बुधबार काठमाडौँमा पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघ(प्रस्तावित)को केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आजको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण त्यसलाई स्थापित गर्न नसकेको बताएका हुन् । उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत बताए ।
पार्टीको केन्द्रीय कमिटीमा समावेशीका साथै बाह्य क्षेत्रको सहभागिता पनि गराउनुपर्ने आफ्नो प्रस्ताव गरेको र त्यसमा समग्र पार्टी गम्भीर रहेको उनले बताए । त्यस्तै, प्रचण्डले अहिले पनि लगातार संविधानमाथि प्रहार भइरहको भन्दै यसलाइ जोगाउन लागिपरेको धारणा राखे । समाजवाद उन्मुख अर्थतन्त्रलाई ठिक ढंगले लागू गर्नका लाघि बगि अढ्नुपर्ने उनकाे भनाई छ ।
त्यस्तै, महासंघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद आचार्यले माओवादीको विभिन्न कमिटीमा व्यवसायीहरुलाई कुनै स्थान नै नदिएको गुनासो गरे ।
त्यस्तै, सहभागीहरूले अहिलेको अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका थिए ।








