जेसीआई काठमाडौँ लेडीले गर्यो नारी सम्मान

काठमाडौँ । ११२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जेसीआई काठमाडौँ लेडीको नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । नारीहरूको व्यक्तित्व र नेतृत्व विकास गर्दै आइरहेको जेसीआई काठमाडौँ लेडीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा समाजसेवी सामाजिक कार्यकर्ता सृष्टि केसी, वरिष्ठ बाल चिकित्सक डा. शान्ता भट्ट, नेपाली महिला राष्ट्रिय क्रिकेट टोली कि प्रथम क्याप्टेन रितु कनौजिय, सङ्गीत क्षेत्रकी तबला बादक सरिता मिश्र, हेवी लामो दुरी गाडी चालक प्रथम महिला रेबिका थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रम जेसीआई काठमाडौँ २०२२को अध्यक्ष जेसी सोनी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । सम्मान कार्यक्रमले महिलाहरूमा थप ऊर्जा उत्पन्न हुने र महिला सशक्तीकरणमा नयाँ आयाम थपिने जेसीआई काठमाडौँ लेडीको अध्यक्ष सोनी श्रेष्ठले बताएकी थिइन् । कार्यक्रममा विशेष अतिथि जेसीआई काठमाडौँ लेडीको पूर्व अध्यक्ष, जेसीआई नेपालको पूर्व अध्यक्ष, जेसीआई उपाध्यक्ष सिनेटर कृति तुलाधर, अतिथि जेसीआई नेपाल क्षेत्र ुगु को लागि निरुपित जेसी रमा प्याकुरेल, जेसीआई नेपाल क्षेत्र ग अन्तर्गत जेसीआई काठमाडौँ लेडीको लागि निरुपित जेसी योगी राज अधिकारी, साथै नेपाल जेसीजको उपाध्यक्ष क्षेत्र ‘ग’को लागि निरुपित जेसी जीवन कार्कीलगायतको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रममा जेसीआई काठमाडौँलेडीको निवर्तमान अध्यक्ष जेसी रिन्कु बज्राचार्यले जेसीजको आस्था पाठ गराएकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य जेसीआई काठमाडौँ लेडी २०२२ को कार्यकारिणी उपाध्यक्ष जेसी शर्मिला नकर्मीले राखेकी थिइन् भने धन्यवाद मन्तव्य जेसीआई काठमाडौँ लेडी २०२२ को उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेसी शान्ता भट्टराईले राखेकी थिइन् । सम्मान कार्यक्रम नेपाल जेसीज भवन थापाथलीमा भएको थियो ।








