मतपत्रमा हरियाे चिह्न राख्ने आयोगको निर्णयप्रति एमालेकाे आपत्ति (भिडिओ)

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो राख्ने निर्णय सच्चाउन पनि आयोगको ध्यानाकर्षण गराए ।

उनले कुनै पनि कारणले मतपत्रमा हरियो रंग राख्न उचित नहुने उल्लेख गरे । त्यस्तै, ओलीले अदालत, संसद, निर्वाचन आयोग र सिंगो सरकार एमाले विरुद्ध लागिरहेको आरोप लगाए । त्यस्तै उनले न्यायाधीशले कानुन हेर्न छोडेको र व्यक्तिको उद्यश्य हेरेर फैसला गरिरहेको जिकिर गरे ।

ओलीले सत्तामा रहेका दलहरुलाई समृद्ध नेपाल सुखी नेपालीको नारा मन नपरेको धारणा राखे । कार्यक्रममा ओलीले चुनावबाट सरकार बन्ने भए पनि अहिलेको सरकार परमादेशबाट बनेको भन्दै अदालतबाट मुद्दा जितेर सरकार बनाउने गलत नजिर बसेको बताए ।

अध्यक्ष ओलीले अबको निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने दाबी गरे । आगामी निर्वाचनका लािग एमालेलाई शसक्त बनाउने अभियान चाल्न पनि उनले आग्रह गरे ।

भिडिओः

सम्बन्धितः

निर्वाचनको चिह्न हरियो रंगकाे हुने आयोगद्वारा जानकारी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *