विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई एकलाख एक हजार सहयोग

झापा । बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनाल तथा बुध खनालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एकलाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

मंगलबार आफ्नो विवाहको ६० औँ वर्षगाँठको समारोहमा खनाल दम्पत्तिले उक्त घोषणा गरेका हुन् । खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । २०१७ साल फागुन २४ गते बुध भट्टराईसंग वैवाहिक सम्बन्धमा जोडिएका खनालले ३२ वर्ष निजामति सेवामा रही अवकाश पाएका थिए । २०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका उनले शिक्षा क्षेत्रमा योगदान गरेका छन् । तीन छोरा दीपक अष्ट्रेलिया तथा रूपक र उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन् ।

खनालले विवाह उत्सवमा परोपकारी काम गरौँ भन्ने भावनाले पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गर्न लागेको बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका अध्यक्ष एकराज गिरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *