थपिए १९४ जना काेराेना संक्रमित, १ काे मृत्यु

काठमाडाैँ  । नेपालमा थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

३ हजार ६३८ जनाको पिसिआर गर्दा ७४ र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लाे २४ घण्टामा ३४८ जना संक्रमित निको समेत भएका भने १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =