‘रुस–युक्रेन युद्ध : महिला र बालबालिका संकटमा’

काठमाडाैँ । ११२ औँ अन्तराष्ट्रिय नारी दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले आज ‘रुस–युक्रेन युद्ध, महिला र बालबालिका संकट’मा विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
कार्यक्रममा पूर्वमन्त्री अम्बिका बस्नेतले शान्ति समाजले विश्व शान्तिका लागि निर्वाह गरेको योगदान विशिष्ट रहेको बताउँदै महिला सशक्तिकरणका लागि महिला स्वंय अघि बढ्नुपर्ने कुरामा जोड दिइन् । सांसद सरित न्यौपानेले जुनसुकै युद्धमा महिला अधिकार हननले सीमा नाघ्ने गरेको बताउँदै युद्धको सम्भावना अन्त्यतर्फ नेपालको भूमिबाट समेत विशेष योगदान हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, प्राचार्य महेन्द्र भट्टराई, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगाना, शान्ति समाजका उपसभापति कृष्ण ब. रावल, महासचिव रामकृष्ण बरालले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति समाजले नेपाली भूमिबाट गर्नुपर्ने शान्तिको कामना अपरिहार्य रहेको बताएका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायत विभिन्न संघसस्थाबाट महिलाहरूको उपस्थिति रहेको थियो । शान्ति समाज काठमाडौँ शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगिता ढुंगाना दाहालले युद्ध अन्त्यको आह्वानसहित कविता वाचन गरेकी थिइन् ।








