अफगानिस्तानमा शान्ति स्थापनार्थ कतारकाे प्रयास

काठमाडौँ ।  गत भदौ २ गतेदेखि २२ फागुनसम्म कतारले ७५ हजार बढीको उद्धार गरेको छ । कतार सरकारले अफगानिस्तानमा शान्ति स्थापनार्थ काम गर्दै आएको छ । गत वर्षको अगस्ट महिनामा नेपाली समयअनुसार साउन भाद्रमा तालिवानले अफगानिस्तानमा शक्ति संघर्ष गर्दै राजधानी लगायत सबै शहर कब्जामा लिएपछि तनाव सृजना भएको थियो ।

लामो समयदेखि नेटो सेनाको सुरक्षा घेरामा रहेको अफगानिस्तानमा तालिवानले हरेक वर्ष बिदेसी सेनासँग लड्ने योजना सार्वजनिक गर्ने गरेको थियो । केही समय अगाडि अमेरिकाले आफ्नो सेना फिर्ता लगेसँगै तालिवानले सिङ्गो अफगानिस्तान कब्जामा लिन सफल भयो । तालिवानी कब्जासँग रणभूमि बनेको अफगानिस्तानमा शान्ति स्थापना गर्न कतार सरकारले सरोकारवाला पक्षलाई कतारमै सुरक्षित रूपमा राखी वार्ता र संवादबाट समस्या समाधान गर्न प्रेरित गर्‍यो ।

तालिवानले कब्जामा लिएसँगै अफगानिस्तानमा शरिया कानुन लागू गर्ने घोषणा गरेपछि महिलाहरूलाई घर बाहिर निस्किनै मुस्किल हुने विषय विश्वव्यापी रूपमा उठिरहेको । यसबाहेक तालिवानको सत्ता कब्जापछि मुलुक छोड्न चाहनेहरूको ठूलो घिड देखियो । अन्य देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनैतिक निकाय बन्द गरेर आफ्ना नागरिक तथा कर्मचारीको उद्धार गरे । अफगानिस्तानमा रहेका विदेशी नागरिक तथा अफगानी नागरिकलाई राहत तथा उद्धारमा विश्वले कतार एयरवेजको सहायता प्राप्त गर्‍यो ।

कतार एयरवेजले गत वर्ष अगस्ट १८ २०२१ देखि फेब्रुअरी ६ २०२२ सम्म ७५ हजारभन्दा बढीको विभिन्न उडान मार्फत उद्धार गरेको छ । तीमध्ये धेरैजसो अफगानी विद्यार्थी, शिक्षक, अधिकारकर्मी, वकिल, कलाकार, संगितज्ञ तथा अन्य छन् । विदेशी नागरिकमध्ये नेपाली नागरिकको समेत कतार सरकारले उद्धार गरी कतारमै आश्रय प्रदान गरी नेपाल पठाएको थियो ।

कतार सरकारले अफगानिस्तानबाट बाहिर जान चाहनेहरूको उद्धार मात्र गरेन, उनीहरूको लागि बस्ने खाने व्यवस्था समेत गर्‍यो, उपचारको आवश्यकता हुनेहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्‍यो । स्वास्थ्यका कारणले विशेष आवश्यकता हेरचाह गर्नु पर्नेहरूका लागि ह्वीलचेयर र विशेष वासस्थानको व्यवस्था कतार सरकारले गरिरहेको छ । उद्धारकै क्रममा परिवार विहीन २ सय ८ जना बालबालिका कतार पुगेका थिए । जसलाई कतार फाउण्डेशनले युनिसेफसँगको सहकार्यमा आश्रय तथा शिक्षा तथा स्वास्थ्यका सबै जिम्मेवारी पूरा गरिरहेको छ । विभिन्न क्षेत्रमा शिक्षा लिन चाहने अफगानी विद्यार्थीहरूलाई कलेज तथा विद्यालयमा पढाइरहेको छ ।

तालिवानी आक्रमणपछि अफगानिस्तानमा संयुक्त राज्य अमेरिकालगायत पश्चिमा राज्यहरू प्रवेश गर्न सक्ने अवस्था रहेन जसले गर्दा कतारी सहयोगमा ती देशहरूले आफ्ना नागरिकको सुरक्षा गरेको थियो । त्यसबेला अमेरिका र कतारबीच एउटा सहमतिमा हस्ताक्षर नै भयो जसले कतारलाई अफगानिस्तानको संरक्षक शक्तिको रूपमा खडा गर्‍यो ।

तालिवानी आक्रमणका कारण क्षतविक्षत भएको काबुलस्थित हामिद कार्जाइ विमानस्थल कतार सरकारले ९ दिनमा मै मर्मत गरी पुनः सञ्चालनमा ल्याएको थियो । कतार सरकारले तालवानीसँग सम्बन्ध सुधार गरी अहिले पनि हामिद कार्जाइ विमानस्थलमा अन्य देशका विमान अवतरण गर्न सहकार्य गर्ने गरेको छ । नेपाल सरकारले केही समय अगाडि कतार सरकारकै सहयोगमा अफगानिस्तानमा राहत पुर्‍याउन सफल भएको थियो ।

कोभिड-१९ महामारीकै बिचमा अफगानिस्तानमा भाषण संघर्ष भएका कारणले मानवीय सहायताको महसुस गरी कतार सरकारले डब्ल्युएचओसँग सहकार्य गरी कतार एयरवेज मार्फत राहत सामग्री पुर्‍याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *