अमेरिकाका नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन गर्दै

अमेरिका । संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा रहेको न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको साझा संस्था नेप्लिज स्टुडेन्ट एसोसिएसन (नेसा ) ले यही अप्रिल ९ गते अन्तर्राष्ट्रिय सम्मेलनको १३ औँ संस्करण गर्ने भएको छ |

यो सम्मेलनको मूल नारा “बृहत्तर असल कर्मका लागि विज्ञानको उन्नति ( एड्भान्सिङ साइन्स फर बेटर गुड )” रहेको छ | विश्वव्यापीरुपमा कोरोनाको कारणले यो वर्ष पनि सम्मेलन भर्चुअल विधिबाट गरिने भएको छ | नेसाले नेपाल र नेपाली विद्यार्थीको उन्नयन र अनुसन्धानसँग जोड्न सन् २००९ देखि सम्मेलन गर्दै आएको छ |

यस सम्मेलनको प्रमुख उद्देश्य संसारभरका वैज्ञानिक अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा उभ्याउनु रहेको छ । अनुसन्धानको सार् (अब्स्ट्राक्) पेश गर्न आव्हान गरिसकिएको छ र पेश गर्ने अन्तिम मिति मार्च २६ रहेको छ । हाल न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा २८ जना नेपाली विद्यार्थीहरू स्नातक/स्नातकोत्तर र विद्यावारिधि अध्ययनरत छन् भने १०० भन्दा बढी दीक्षित भएर अध्ययन-अनुसन्धानमा संलग्न छन् ।

यो वर्ष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र मुख्य वक्ता र विशेषज्ञको छनौट भइसकेकोले हामी उत्साहित छौँ”, सम्मेलनका संयोजक शरद महताराले बताए । उनले थपे “सम्मेलनकोको शीर्षकको विषयवस्तु कोभिडले आक्रान्त परेको बेला नेपालको सन्दर्भमा लागि निकै फलदायी हुनेमा विश्वास लिएका छौँ । कोभिडको चुनौतीलाई अवसरको रूपमा लिएर यो वर्ष हामीले हाम्रा वक्ताको रूपमा नेपाल, अमेरिकालगायत विश्वभरि फैलिएका नेपाली वैज्ञानिक र नेपाललाई कर्मक्षेत्र बनाएर अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरूलाई वक्ताको रूपमा एकै थलोमा भेला हुने अवसर प्रदान गरेको छ ।

नेसाको १३ औँ सम्मेलनमा क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोको विश्वविद्यालयकी डीन डा शबनम कोइराला-आजदलाई प्रमुख वक्ताको रूपमा आमन्त्रण गरिएको बताइएको छ । कार्यक्रममा अतिथि वक्ताको रूपमा डा एलिना अधिकारी, डा वसन्त गिरी, डा सङ्गीत लामिछाने, डा ऋषि सापकोटा, डा तारा सिग्देल र डा अन्ना स्टिरको कार्यपत्र प्रस्तुत हुने बताइएको छ । नेसाका सभापति कृष्ण आचार्यले भने “हामीहरू अतिथि एवं विज्ञ वक्ताहरूको वैचारिक प्रस्तुतिले सम्पूर्ण हाम्रो सहभागी र प्रवासी परिवारलाई नेपालसँग जोड्ने कुरामा पूर्ण आशावादी छौ ।” संयोजक महताराले भने, “यो १३ औँ सम्मेलनमा पहिलो पटक मुख्य वक्ताको रूपमा विज्ञ महिला पाएका छौँ ।”

अतिथि वक्ताहरू आनुवंशिक क्षेत्र, मिर्गौला प्रत्यारोपणदेखि नेपाली लोक- सङ्गीतको क्षेत्रमा काम गर्नुहुने भएकाले यो वास्तविक रूपमा अन्तर विषयगत वैज्ञानिक सम्मेलन हुनेछ’’ प्रसन्नता व्यक्त गरे ।कार्यक्रमको दोस्रो खण्डमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि गर्दै गरेका विद्यार्थीहरूले आफ्नो अनुसन्धानको मौखिक र सचित्र (पोस्टर) प्रस्तुति दिने जनाइएको छ ।

त्यसैगरी संस्थाका सल्लाहकार डा दीपक सुबेदीले सम्पूर्ण नेपाली तथा विदेशी सोधकर्ता, अनुसन्धानकर्ताहरूलाई सम्मेलनमा सहभागी बनेर आफ्नो आफ्नो क्षेत्रबाट समस्त विश्वको जनजीविकामा सकारात्मक प्रभावका निम्ति विज्ञान र प्रविधिलाई प्रयोग गर्दाका अनुभव र उपलब्धिहरू आदानप्रदान गर्न आव्हान गरेका छन् । सभापति आचार्यले विज्ञानप्रति चासो राख्ने सम्पूर्णलाई यो कार्यक्रममा जोडिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =