नेपाली कांग्रेस अछामको सभापतिमा शाह विजयी

अछाम । नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन् । दोस्रो चरणको मतदानमा प्रतिद्वन्दी भरतकुमार शाहलाई ६८ मत अन्तरले पराजित गर्दै शाह सभापतिमा विजयी भएका हुन् ।

शाहले ७ सय ७९ मत प्राप्त गरे भने स्वारले ७ सय ११ मत पाए । यसअघि शनिबार भएको मतदानमा कुनै तीन उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा सोमबार पुनः दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणको मतदानमा राजन कुँवर तेस्रो भएका थिए । उनले दोस्रो चरणमा स्वाँरलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *