विद्यालयबाट घर फर्किँदै गरेकी किशोरीको ट्रकको ठक्करबाट मृत्यु

धनगढी । कैलालीको धनगढीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । धनगढी-अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरकी १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको हो ।

विद्यालयबाट घर फर्किँदै गरेकी साइकलमा सवार किशोरीलाई जेब्रा क्रसमा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार ठक्करबाट घाइते भएकी उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *