सार्वजनिक विदाकाे दिन समेत लाइसेन्सकाे ट्रायल गर्न मन्त्रीकाे निर्देशन

काठमाडाैँ । वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक विदाकाे दिनमा समेत सवारी साधनको लाइसेन्स ट्रयाल शुरू गर्न निर्देशन दिएका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र वाग्मती एकान्तकुना ललितपुरको बारेमा गुनासो आएपछि सोमबार स्थलगत अनुगमन र कर्मचारीसँग छलफल गर्दै मन्त्री दाहालले जनताका गुनासो धेरै आएको भन्दै विदामा समेत ट्रायल शुरू गर्न निर्देशन दिएका हुन् ।

आफू यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउँदै उनले आफूहरू आएर निर्देशन दिँदा समेत सुधार नआएपछि मिडिया र जनताहरूको गुनासोलाई ‘अन द स्पोट’ कर्मचारीहरूसँग स्पष्टीकरण र कारबाही शुरू गरेको बताए । त्यस्तै कर्मचारी बाहेकका व्यक्तिहरू कार्यालयभित्र प्रवेश गरेर चलखेल गरेको बिषयमा पनि स्पष्टीकरण सोधेको जानकारी दिए ।

सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्रणालीलाई थप प्रभावकारी बनाइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =