धनगढीमा मृत फेला परेका व्यक्ति भारतीय नागरिक

धनगढी । धनगढीमा मृत फेला परेका व्यक्ति भारतीय भएको पुष्टि भएको छ । शव सोमबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित जाई-शिवनगर सडक किनारमा फेला परेको थियो ।

उक्त शव भारतको उत्तरप्रदेशस्थित शाहजापुर बस्ने ४२ वर्षीय कुल्दीप गुप्ताको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकका भाइले शवको सनाखत गरेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार मृतक लकडाउन अघि धनगढीमै ठेला व्यवसाय गर्दै आएका थिए । आइतबार मात्रै उनी धनगढीस्थित भाइको कोठामा रक्सी खाएर पुगेको र त्यहाँबाट ५० रुपैयाँ लगेर गएको भन्ने अनुसन्धानबाट खुलेको डीएसपी जोशी बताए ।

उनका अनुसार मृतकको घाँटी र गालामा चोट लागेको छ भने घाउमा काठका टुक्रा र नजिकै काठको डन्डी पनि भेटिएको छ । प्रहरीले उनको हत्या भएको आशंका गर्दै अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *