चुनावी कमाण्ड बनाउँदै माओवादी, ताेकिए प्रदेश इन्चार्ज (सूचीसहित)

काठमाडाैँ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि चुनावी कमाण्ड बनाउने भएको छ । गत शुक्रबार र आज बसेर सकिएको केन्द्रीय समिति बैठकले सात वटै प्रदेशअन्तर्गत विभिन्न जिल्लाहरूलाई समेटेर विभिन्न कमाण्ड बनाउने निर्णय गरेकाे हाे ।

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यहरूकाे बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन् । ती कमाण्डले तल्लो तहसम्म गएर चुनावी गतिविधिलाई सशक्त बनाउने निर्णय मओवादीले गरेको छ ।

याे कामकाे लागि प्रदेश इन्चार्ज ताेकिएकाे छ । प्रदेश १ को इन्चार्ज राम कार्की तोकिएका छन् भने मधेस प्रदेशको इन्चार्ज गणेश साह बनेका छन् । यस्तै बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्जका रूपमा आएका छन् ।

त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेलले इन्चार्जको भूमिका पाएका छन् ।

२५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य थप हुने

माओवादी केन्द्रले समितिको २५ प्रतिशत वैकल्पिक सदस्य थप्ने भएकाे छ । आजकाे बैठकमा अध्यक्ष प्रचण्डले ९७ केन्द्रीय सदस्यकाे नाम प्रस्ताव गरेका थिए । तर, विवाद भएपछि बैठकले ५० सदस्यलाई मात्रै मनाेनीन गरेकाे हाे ।

केन्द्रीय सदस्य वर्षमान पुनकाअनुसार हाल केन्द्रीय सदस्य संख्या २९७ जना मात्रै हुने र बाँकी पछि थपिने छ । उनकाअनुसार अब माओवादीमा २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् । ३४४ को २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य बनाउँदा त्यो ८६ जना हुन्छ । उनीहरूलाई मतदानकाे अधिकार भने नहुने पुनकाे भनाइ छ ।

बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्यूराे गठन पनि अर्को बैठकबाट गर्ने भएको छ। आगामी जेठ २० मा बस्ने बैठकबाट त्यो टुंगो लगाइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =