मार्च ८ मा यात्रा गर्ने यात्रुलाई २५ सयवटा किताब बाँड्दै बुद्ध एयर

काठमाडाैँ । बुद्ध एयरले अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयर मार्फत यात्रा गर्नेलाई २५ सयवटा किताब वितरण गर्ने भएको छ ।

सांग्रिला पुस्तकसँगको सहकार्यमा विभिन्न विधामा महिला लेखकले लेखेको किताब बाँड्न लागेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । पुस्तक काठमाडौँभन्दा बाहिरी एयरपोर्टबाट आउने यात्रुको लागि नभएको पनि कर्णले स्पष्ट पारे ।

काठमाडौँ विमानस्थलबाट दैनिक ८ हजार यात्रु बुद्ध एयरबाट आवतजावत गर्ने जानकारी दिँदै शुरूमा यात्रा गर्ने २५ सय जनाले मात्र किताब पाउने कर्णले बताए । बुद्धले उपहार स्वरूप करिब १० लाख बराबरको किताब उपलब्ध गराउन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *