सरकारको असंवैधानिक नीतिले अर्थतन्त्र नाजुक : महासचिव पोखरेल

विराटनगर । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारको संचित कोष नाजुक अवस्थामा पुगेको बतनएका छन् । विराटनगरमा नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेको सरकार रहेको बेलामा १० महिनाको लागि पुग्ने संचितिकोष ६ महिनामा नै नाजुक अवस्थामा पुगेको आरोप लगाए ।

प्रदेश कमिटीको बैठकमा सहभागी हुन आएका पोखरेलले पाँचदलीय गठबन्धनको सरकारले देशमा कुनै अप्ठ्यारो अवस्था देशमा आउँदा खर्च नै गर्न नसक्ने अवस्थामा पुगेको छ । ‘हामीले सरकार छोड्दा युवा विदेश जाने क्रम घटेको थियो’, उनले भने, ‘अहिले विदेशिने दर बढेको छ, यसको कारण भनेको सरकारको नीतिसँग जाडिएको छ ।’

पोखरेलले सरकारको गलत नीतिको कारण अर्थव्यवस्था अत्यन्त कमजोर अवस्थामा पुर्याउनेकाम भएको उनले बताए । ‘सरकारले अवैधानिक क्रियाकलापको असर देशकै अर्थव्यवस्थामा परेको छ’, उनले भने, ‘आयात बढ्दो निर्यात बढ्दो क्रममा छ, आन्तरिक उत्पादनमा कमजोर पार्नु भनेको सरकारले भन्सार दरमा गरेको फेरबदल हो ।’

सरकारको गलत अर्थनीतिको कारण मुलुक ओरालो लागेको उनको भनाइ छ । महासचिव पोखरेलले सरकार अर्थ नीतिमा गम्भीर असफल भएको आरोप लगाए । सरकारले अर्थव्यवस्था कमजोर पार्नुमा सरकारकै अवैधानिक क्रियाकलाप भएको टिप्पणी गरे ।

पोखरेलले गठबन्धनको सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको बताए । एमाले कुनैपनि अवस्थामा चुनाव हुनु पर्ने पक्षमा रहेको उल्लेख गरे । ‘एक्लाएक्लै वा समुहगत रूपमा मिलेर आएपनि एमाले भिड्न तयार रहेको छ’, उनले भने, ‘सरकार जसरी पनि चुनाव हुन नदिने पक्षमा रहेको छ, स्थानीय र आवधिक चुनाव समयमै हुनुपर्ने एमालेको एक मात्र भनाइ छ ।’

अब देशमा दुई राजनीतिक दल भन्दा बढि दल आबश्यकता नरहेको पनि बताएका छन् । जनताले अब भोट हाल्दा दुई दललाई मात्र जिताउन आग्रह गर्दै देशमा धेरै दल हुँदा देश अस्थिरतामा जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *